चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते « Khabarhub

चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् ।

पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको बताइन्छ । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किएको तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थापाको टाउको र पाखुरामा चोट लागेको बताइन्छ । चितुवालाई बिहान १० :५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १२ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया