कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै विशेष पूजापाठ | Khabarhub Khabarhub

कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै विशेष पूजापाठ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै बैतडीमा बिभिन्न देविदेवताका मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ ।

भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो ।

दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताए ।

त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए ।

कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ३ : ४८ बजे

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता

पर्सा – छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ।