नेपालमा पहिलोपटक अवैध एसएमएस बाइपासको धन्दा, काठमाडौंबाट भारतीय नागरिक पक्राउ « Khabarhub

नेपालमा पहिलोपटक अवैध एसएमएस बाइपासको धन्दा, काठमाडौंबाट भारतीय नागरिक पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको सक्रियतामा अवैध कल बाइपास (भीओआईपी) बन्द भएपछि नेपालमा पहिलोपटक अवैध रुपमा एसएमस (मोबाइल सन्देश) बाइपास गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा आधारित भएर अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय प्रशान्त साह छन् । उनले काठमाडौं महानगरपालिका–२६ नरदेवीस्थित तुल्सी महर्जनको घरमा कोठा भाडामा लिएर अवैध रुपमा एसएमएस बाइपास गर्दै आएका थिए ।

साहले आधुनिक प्रविधिको प्रयोग गरी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्दै आएका थिए ।

नेपालमा यसअघि भारतीय नागरिक समेतको संलग्नतामा अवैध रुपमा कल बाइपास हुँदै आएको थियो । तर, प्रहरीको सक्रियतामा अवैध कल बाइपास गर्ने धन्दा बन्द भएपछि भारतीय नागरिक साहले एसएमएस बाइपास गर्ने धन्दा शुरु गरेका हुन् ।

उनले अत्याधुनिक प्रविधि (जीओआईपी गेटवे)को प्रयोग गरेर एसएमएस बाइपास गरेको देखिएको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए ।

साह आफैंले अन्तर्राष्ट्रिय क्यारियरहरुसँग प्रत्यक्ष सम्पर्क गरी नेपालमा आउने एसएमएसहरु बाइपास गरी आफूले प्रयोग गरेको गेटवेमार्फत प्रापकसम्म पुर्‍याउने गरेको थिए ।

महिनाको १५ हजार रुपैयाँ भाडा तिर्ने गरी कोठा भाडामा लिएका साहले घरधनीलाई आफू व्यवसायी भएको बताउने गरेका थिए । साहले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको इन्टरनेट प्रयोग गरेर अनलाइनमार्फत अन्तर्राष्ट्रिय क्यारियरहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार साहले भारतबाटै अत्याधुनिक उपकरहरु ल्याएर नेपालमा एसएमएस बाइपासको धन्दा शुरु गरेका थिए ।

प्रहरीले उनको साथबाट ६४ पोर्टको जीओआईपी गेटवे १ थानसहित नेपाल टेलिकमका सिमकार्ड ३० थान, एनसेलका सिम १ सय ८५ थान, ल्यापटप, राउटर लगायतका उपहरणहरु बरामद गरेको छ ।

पक्राउ परेका साहविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ४४ बजे

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश