नेपालमा पहिलोपटक अवैध एसएमएस बाइपासको धन्दा, काठमाडौंबाट भारतीय नागरिक पक्राउ « Khabarhub

नेपालमा पहिलोपटक अवैध एसएमएस बाइपासको धन्दा, काठमाडौंबाट भारतीय नागरिक पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको सक्रियतामा अवैध कल बाइपास (भीओआईपी) बन्द भएपछि नेपालमा पहिलोपटक अवैध रुपमा एसएमस (मोबाइल सन्देश) बाइपास गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा आधारित भएर अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय प्रशान्त साह छन् । उनले काठमाडौं महानगरपालिका–२६ नरदेवीस्थित तुल्सी महर्जनको घरमा कोठा भाडामा लिएर अवैध रुपमा एसएमएस बाइपास गर्दै आएका थिए ।

साहले आधुनिक प्रविधिको प्रयोग गरी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्दै आएका थिए ।

नेपालमा यसअघि भारतीय नागरिक समेतको संलग्नतामा अवैध रुपमा कल बाइपास हुँदै आएको थियो । तर, प्रहरीको सक्रियतामा अवैध कल बाइपास गर्ने धन्दा बन्द भएपछि भारतीय नागरिक साहले एसएमएस बाइपास गर्ने धन्दा शुरु गरेका हुन् ।

उनले अत्याधुनिक प्रविधि (जीओआईपी गेटवे)को प्रयोग गरेर एसएमएस बाइपास गरेको देखिएको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए ।

साह आफैंले अन्तर्राष्ट्रिय क्यारियरहरुसँग प्रत्यक्ष सम्पर्क गरी नेपालमा आउने एसएमएसहरु बाइपास गरी आफूले प्रयोग गरेको गेटवेमार्फत प्रापकसम्म पुर्‍याउने गरेको थिए ।

महिनाको १५ हजार रुपैयाँ भाडा तिर्ने गरी कोठा भाडामा लिएका साहले घरधनीलाई आफू व्यवसायी भएको बताउने गरेका थिए । साहले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको इन्टरनेट प्रयोग गरेर अनलाइनमार्फत अन्तर्राष्ट्रिय क्यारियरहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार साहले भारतबाटै अत्याधुनिक उपकरहरु ल्याएर नेपालमा एसएमएस बाइपासको धन्दा शुरु गरेका थिए ।

प्रहरीले उनको साथबाट ६४ पोर्टको जीओआईपी गेटवे १ थानसहित नेपाल टेलिकमका सिमकार्ड ३० थान, एनसेलका सिम १ सय ८५ थान, ल्यापटप, राउटर लगायतका उपहरणहरु बरामद गरेको छ ।

पक्राउ परेका साहविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ४४ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव