विदेश जान नपाएका नेपालीलाई सरकारले रोजगार दिने « Khabarhub

विदेश जान नपाएका नेपालीलाई सरकारले रोजगार दिने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कोरोना भाइरसका कारण विदेश जान नपाएका नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोकथा‍म तथा नियन्त्रणका लागि सरकारले विदेश जाने र आउनेलाई रोकेको भन्दै काम गर्न जान नपाएकालाई रोजगारी दिने बताए ।

सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए ।

‘काम गर्ने चाहने व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले ।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए । तर टेबुल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनको भनाइ छ ।

बुधवार सरकारले विदेशबाट आउने यात्रुलाई रोक लगाएको थियो भने यसअघि नै सरकारले श्रम स्वीकृती रोकेका कारण वैदेशिक रोजगारीका लागि जान खोज्नेहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई