अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध | Khabarhub Khabarhub

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् ।

अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताइएको हो।

गैर अस्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो ।

अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियामा देखिएको सङ्क्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिए ।

अस्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ४४ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका