कोरोना भाइरसका कारण भारतमा थप एक जनाको मृत्यु, १८० जनामा देखियो संक्रमण « Khabarhub

कोरोना भाइरसका कारण भारतमा थप एक जनाको मृत्यु, १८० जनामा देखियो संक्रमण


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा मर्नेको संख्या चार पुगेको छ ।

पञ्जाबमा एक जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । यसअघि तीन जनाको मृत्यु भइसकेको थियो ।

भारतमा कोराना संक्रमितको संख्या समेत बढेको छ । पछिल्लो तथ्यांक अनुसार १८० जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने १५ जना निको भएर घर गएका छन् ।

कोरोनाबाट महाराष्ट्रमा पीडितको संख्या ४९ जना पुगेको छ । त्यस्तै आन्ध्र प्रदेशमा दुई, दिल्लीमा १०, हरियणामा १७, कर्नाटकमा १४, केरलमा २७, पञ्जावमा २, राजस्थानमा ७, तामिलनाडुमा एक, तेलंगनामा १३, जम्बु कश्मीरमा चार, लद्दाखमा ८, उत्तर प्रदेशमा एक, ओडिशामा एक, छत्तिसगढ र पश्चिम बंगालमा एक एक जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ५ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर