कोरोना भाइरसका कारण भारतमा थप एक जनाको मृत्यु, १८० जनामा देखियो संक्रमण « Khabarhub

कोरोना भाइरसका कारण भारतमा थप एक जनाको मृत्यु, १८० जनामा देखियो संक्रमण


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा मर्नेको संख्या चार पुगेको छ ।

पञ्जाबमा एक जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । यसअघि तीन जनाको मृत्यु भइसकेको थियो ।

भारतमा कोराना संक्रमितको संख्या समेत बढेको छ । पछिल्लो तथ्यांक अनुसार १८० जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने १५ जना निको भएर घर गएका छन् ।

कोरोनाबाट महाराष्ट्रमा पीडितको संख्या ४९ जना पुगेको छ । त्यस्तै आन्ध्र प्रदेशमा दुई, दिल्लीमा १०, हरियणामा १७, कर्नाटकमा १४, केरलमा २७, पञ्जावमा २, राजस्थानमा ७, तामिलनाडुमा एक, तेलंगनामा १३, जम्बु कश्मीरमा चार, लद्दाखमा ८, उत्तर प्रदेशमा एक, ओडिशामा एक, छत्तिसगढ र पश्चिम बंगालमा एक एक जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ५ : ५४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया