ब्रिजवेन- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोक्न अष्ट्रेलियाले विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ ।
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले शुक्रबारबाट विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
यसअघि अष्ट्रेलियाले चीन, ईरान, इटाली र साउथ कोरियाबाट आउने यात्रुलाई मात्र प्रवेशमा रोक लगाएको थियो ।
अष्ट्रेलियन नागरिक र पिआरवालाहरुको हकमा भने यो नियम लागू नहुने जनाइएको छ । उनीहरु अष्ट्रेलिया प्रवेश गरेको खण्डमा दुई साता ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने जनाइएको छ ।
हालसम्म अष्ट्रेलियामा ७ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया