कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको कोष स्थापना | Khabarhub Khabarhub

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको कोष स्थापना


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको जानकारी दिएको हो ।

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकासा गर्ने बताए ।

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने छ भने महागरपालिका स्थित मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न सर्व साधारणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।’

मेयर शाक्यले पत्रकार सम्मेलनमा कोरना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्य प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने पनि जानकारी दिए ।

विभिन्न सञ्चारमाध्ययम तथा सामाजिक सन्जालहरु मार्फत कोरना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतना मुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्य समन्वयात्मक एवं प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका अन्तर्गत रहेको नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशी बनाउने निर्णय पनि बैठकले गरेको छ ।

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि काठमाडौं महानगरपालिको सहकार्यमा संचालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न/गराउन सम्वन्धित विभाग/महाशाखा/शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने, काठमाडौं महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत रुपमा पुजा बाहेक अन्य कुनै भिडभाड नगर्ने/नगराउने निर्णय पनि महानगरले गरेको छ ।

पत्रकार सम्मेलनमा इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ९ : ०८ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना