अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान अनुरोध « Khabarhub

अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान अनुरोध


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक सेवा लिनैपर्ने अवस्था बाहेकमा अस्पताल नजान आम सर्वसाधारण सबैमा आग्रह गरेकाे छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका अवस्थामा सकेसम्म अस्पताल नजान आग्रह गरेको हो ।

काउन्सिलले शल्यक्रिया गर्नुपर्ने तर स्वास्थ्य अवस्था सामान्य रहेको रहेका बिरामीलाई कोरोनाको त्रास कम भएपछि मात्र शल्यक्रिया गर्न समेत आग्रह गरेको छ।

अस्पतालहरुलाई पनि अत्यावश्यक नभएका शल्यक्रिया तथा उपचार विधि कम गर्न निर्देशन समेत दिएको छ। काउन्सिलले एक सयभन्दा माथि शय्या भएका अस्पताल लाई व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टसन इक्युपमेन्ट) सहित छुट्टै ज्वरो क्लिनिक सन्चालन गर्न समेत निर्देशन दिएको छ ।

कोरोनाको त्रास बढिरहेको समयमा अस्पताल क्षेत्रमा भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ९ : २७ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार