कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै « Khabarhub

कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारोना भाइरसको सन्त्रासले उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।

बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै आजबाट शुरु हुने एसर्ईई तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा पनि स्थगित गर्न निर्देशन दिएको छ ।

एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका हुन् ।

त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका छन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अहिले दशैँ तिहारमा जस्तै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या अचानक बढेको उनले बताए । उनका अनुसार बिहीबार मात्र काठमाडौंबाट १ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । बुधबार र बिहीबार झण्डै २ लाख यात्रु बाहिरएको ट्राफिक महाशाखाको तथ्यांक छ । शुक्रबारबाट अझ बढ्ने अनुमान गरिएको छ ।

अहिले नागढुङ्गा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

महानगरिय ट्रफिक महाशाखाका प्रवक्ता, प्रहरी उपरीषक जीवनकुमार श्रेष्ठका अनुसार आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ०९ बजे

तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी 

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच

मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो

काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग