पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ « Khabarhub

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको बताए पनि उनीहरुको पहिचान भने खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई विहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा