कोरोना संकट : बेलायती महारानीको जन्मदिन सामान्यरुपमा मनाइने, सलामी नदिइने « Khabarhub

कोरोना संकट : बेलायती महारानीको जन्मदिन सामान्यरुपमा मनाइने, सलामी नदिइने


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- कोरोनाभाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।

दरबार श्रोतले एएफपीसँग भन्यो, “महारानीको जन्मोत्सवका दिन मङ्गलबार त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुनेछैन ।

महारानीले अहिलेको विसम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।”

महारानी मङ्गलबार (अप्रिल २१) मा ९४ वर्ष लाग्नेछिन् । उनले विरलै राष्ट्रिय सम्बोधन गर्ने भएपनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उनले कोरोनाभाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।

महारानीले उक्त सम्बोधनमा भनिन्, “हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन ।”

उनले कोरोनाविरूद्धको सङ्कट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि आफू सार्वजनिक रूपमा उपस्थित हुने विश्वास उक्त सम्बोधनमा व्यक्त गरिन् ।

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण शनिबारसम्ममा विश्वमा एक लाख ५५ हजार १९० जनाको मृत्यु भइसकेको छ भने २२ लाख ६९ हजार १४३ व्यक्ति सङ्क्रमित भएका छन् ।

सुरूमा चीनमा पत्ता लागेको यो भाइरस सङ्क्रमणका कारण शनिबार सम्ममा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अमेरिकामा रहेको छ । सङ्क्रमणका कारण बढी प्रभावित हुने अन्य मुलुकहरूमा स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत अग्रस्थानमा पर्छन् ।

मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत पनि छैठौँ स्थानमा रहेको छ । सङ्क्रमितको सङ्ख्या रोक्ने एउटा उपायका रूपमा बेलायतको सरकारले गत महिनादेखि बन्दाबन्दी (लकडाउन) आदेश जारी गरेको थियो ।

सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यो हप्ता सरकारले लकडाउनको अवधि थप तीन हप्ताको लागि बढाएको छ । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ हजार ५ भन्दा धेरै पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ४० बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको