काठमाडौं – झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ४३ जनाको मृत्यु भएको छ ।
आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ५६५ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् ।
उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया