कोरोना जितेकी वृद्धा भन्छिन- औषधिभन्दा ठूलो आत्मबल रहेछ « Khabarhub

कोरोना जितेकी वृद्धा भन्छिन- औषधिभन्दा ठूलो आत्मबल रहेछ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोरोना सङ्क्रमणबाट निको भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाइन ।

तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने तयारीमा रहेकी उनले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको बताइन ।

‘सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ’, मनकुमारीले भनिन, ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।’

नेपालमा छैटौं कोरोना सङ्क्रमितका रुपमा रहेकी मनकुमारी कोरोना जित्ने तेस्रो व्यक्ति हुन् । उनले कोरोना लाग्दैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाएकी छन् ।

तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा कोरोनाबाट बच्न सकिने उनको अनुभव छ ।

‘दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा कोरोनलाई जितेर घर फर्कने भएकी छु’, उनले भनिन् ।

मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी छन् । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरिन। आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउन पर्ने बताइन ।

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइराखेकी उनी भर्ना भएको १५औँ दिन बिहीबार तेस्रो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनःभोलिपल्ट शुक्रबार पनि स्बाब परीक्षणका लागि पठाइएकामा समेत रिपोर्ट नेगेटिभ आएका कारण बिरामीलाई कोरोना निको भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् । वृद्धामा शुरुकै दिनदेखि कोरोनाको लक्षण भने देखिएको थिएन ।

अस्पतालले कोरोना निको भएकी महिलालाई घर पठाउने तयारीमा रहेको बताएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनलाई चैत २० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाउने तयारी गरेको छ । घर पठाए पनि उहाँलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि सल्लाह प्रदान गरिएको डा पोखरेलले बताए । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’, डा पोखरेलले भने, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।’

उहाँसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाब परीक्षणसमेत पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ५१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२