अमेरिकामा १२ नेपालीको शव व्यवस्थापनमा समस्या « Khabarhub

अमेरिकामा १२ नेपालीको शव व्यवस्थापनमा समस्या


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा मृत्यु भएका १२ नेपालीको शव व्यवस्थापनमा समस्या भएको छ ।

कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शवगृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो ।

कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरु कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा नपुगेपछि अमेरिकास्थित नेपाली दूतावासले समन्वयको प्रयत्न गरिरहेको छ ।

तर अहिलेसम्म परिवार वा आफन्तबारे केही पत्ता लाग्न नसकेकाले समस्या भएको नेपाली वाणिज्य दूतावासका कार्यवाहक कन्सुलेट पुष्प भट्टराईले जानकारी दिए ।

झण्डै दशकयता न्यूयोर्क बस्दै आएका नेपालको पूर्ख्यौली थातथलो मुस्ताङ भएका एक व्यक्तीको चैत तेस्रो साता मृत्यु भएपछि उनको शव ‘क्रोवीई’ शवगृहमा नै अलपत्र अवस्थामा छ ।

१० दिनअघि मृत्यु भएका काठमाडौंका अर्का एक नेपालीको पनि शव व्यवस्थापन हुन सकेको छैन ।

एक साताअघि घरबारबिहीनका लागि व्यवस्था गरिएको ‘सेल्टर’ मा बस्दै आएका राई थरका एक अर्का नेपालीको पनि न्यूयोर्कमै मृत्यु भएको छ । उनको शव पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।

कोरोना भाइरसले मृत्यु भएका ६ नेपालीको शव व्यवस्थापनमा मेरिल्याण्ड राज्यमा पनि समन्वय भइरहेको दूतावासले जनाएको छ।

तर मेरिल्याण्ड राज्यले शवको व्यवस्थापनमा परिवारको अनुमती अनिवार्य गरेकाले त्यहाँ पनि समस्या भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ११ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा