खगोलविद् भन्छन्ः क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना शून्य « Khabarhub

खगोलविद् भन्छन्ः क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना शून्य


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नानजिङ- एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा क्षुद्रग्रह (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू गलत भएको बताएका छन् ।

पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना शून्य भएको बताएका हुन् ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उनले बताएका हुन् । अनुमानित २५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उनको दावी छ ।

केन्द्रका खगोलविद् हाईपिनले भने, “यस ग्रहिकालाई पत्ता लगाएपछि विश्वभरका अन्तरिक्ष अध्ययन निकायले यसबारे सुक्ष्म अध्ययन गर्दै आएका छन् र यससम्बन्धी कक्षीय तथ्याङ्कहरूको सही आँकडा निकालेका छन् ।”

उनले भने, “यो ग्रहिका आगामी अप्रिल २९ मा प्रतिसेकेण्ड ८.६९ किलोमिटरको गतिमा पृथ्वीतर्फ आउनेछ तर यो पृथ्वीको सतहबाट करिब ६२ लाख ८० हजार किलोमिटर टाढासम्म मात्र आइपुग्नेछ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्मको दूरीको १६।४ गुणा टाढा हो । त्यसैले ग्रहिकाले पृथ्वीलाई ठक्कर दिने वा पृथ्वीमा खस्ने आधार शुन्य रहने देखिन्छ ।”

पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआकोे अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन् । ग्रहिका पृथ्वीको नजिकतर्फ आउन थालेपछि यही अप्रिल ४ तारिखदेखि यसका गतिविधिलाई टेलिस्कोपको माध्यमबाट उनीहरूले हेरिरहेका छन् र यसबारे तथ्याङ्क सङ्कलन गरी खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय अध्ययन केन्द, ‘माइनर प्लानेट सेन्टर’ मा थप अध्ययनका लागि पठाइरहेका छन् ।

झाओको अन्तरिक्ष अवलोकन तथा अनुसन्धान केन्द्रले यसको गतिविधिबाट यस यस्ता ग्रहिकाबारे उपलब्धिमुलक तथ्यहरू फेला पारेको दावी गरिएको छ । विश्वका कतिपय अनलाईन सञ्चारमाध्यमहरूले ५२७६८ नामक यस ग्रहिकाले पृथ्वीमा ठक्कर दिने समाचारहरू सार्वजनिक गरेका छन् ।

उनले सञ्चारकर्मीसँग भने, “हामी साना पिण्डहरूको गतिविधिबारे वेखबर छैनौँ, चिन्ता लिनु पर्दैन, खगोलशास्त्र र यसको अध्ययनबारे चासो देखाएकोमा धन्यवाद ।” उनले भने, वैज्ञानिकहरूले ग्रहिकाको प्रभावलाई कम गर्ने वा प्रतिरक्षाका लागि उपायहरू विकास गर्नसक्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १८ बजे

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’