भीडभाड बढेपछि ओखलढुङ्गाका तरकारी बजार पनि बन्द « Khabarhub

भीडभाड बढेपछि ओखलढुङ्गाका तरकारी बजार पनि बन्द


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाममा लाग्ने नियमित हाटबजार पूर्णरूपमा बन्द गरिएको छ ।

सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाटबजार मानिसको धेरै भीड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारदेखि पूर्णरूपमा बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रमण शुरु भएसँगै सिद्धिचरण नगरपालिकाले तरकारी र खाद्यान्नबाहेकका सामग्री हाटबजारमा किनबेच गर्न रोक लगाएको थियो ।

तरकारी र खाद्यान्नको कारोवारका लागि मात्रै पनि सयौँको सङ्ख्यामा मानिस भीड लाग्न थालेपछि नगरपालिकाले कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामग्री मागअनुसार घरघरमै पुर्‍याएर सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताए ।

छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै थप सतर्कताका लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : २६ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना