विवाहमा प्रयोग हुने सवारी साधन पासबिनै चलाउन पाइने « Khabarhub

विवाहमा प्रयोग हुने सवारी साधन पासबिनै चलाउन पाइने


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले पास विनै सवारी साधानको प्रयोग गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ ।

जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार हालसम्म सवारी साधनको इ–पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ ।

अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थमा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ४२ बजे

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं– नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद