आमिर खानको ‘लाल सिंह चड्ढा’ लाई पनि कोरोना ग्रहण « Khabarhub

आमिर खानको ‘लाल सिंह चड्ढा’ लाई पनि कोरोना ग्रहण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसको प्रकोप घट्नुको सट्टा बढ्दै गइरहेको छ । भाइरसका कारण विश्वभर मानिसको जनजीवन प्रभावित बनेको छ । बलिउड पनि कोरोनाका कारण ठूलो घाटामा छ ।

भाइरसकै कारण अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ र रणवीर सिंहको ‘८३’ को रिलिज मिति स्थगित गरिएको थियो । यतिबेला खबर आएको छ कि, आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा पनि कोरोनाको ग्रहण लागेको छ ।

यो फिल्म आगामी क्रिसमसमा रिलिज गर्ने तयारी गरिएको थियो । अब भने फिल्म अर्को वर्षका लागि पोस्टपोन्ड गरिएको भारतीय मिडियाले जनाएका छन् ।

मेकरले पनि यस्तो संकटको अवस्थामा फिल्म प्रदर्शन गर्न चाहँदैनन् । अहिलेसम्म फिल्मको नयाँ मितिलाई लिएर कुनै आधिकारिक घोषणा गरिएको छैन ।

अद्वैत चन्दनको निर्देशनमा बनेको यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो । फिल्ममा आमिर खानसँगै करीना कपूर खान, मोना सिंह र दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ३५ बजे

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १