लुकेका ‘जमाती’को सूचना दिँदा पर्सा मौजेटोलमा हमला, ८ जना गम्भीर घाइते « Khabarhub

लुकेका ‘जमाती’को सूचना दिँदा पर्सा मौजेटोलमा हमला, ८ जना गम्भीर घाइते


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर – ९ विश्रामपुरको मौजेटोलस्थित एक मस्जिदमा लुकेका ‘जमाती’बारे सूचना दिदा स्थानीबासीमाथि नै हमला भएको छ ।

शनिबार बेलुकीको उक्त घटनामा १५ जना भन्दाबढी घाइते भएका छन् । त्यसमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

‘जमाती’ले स्थानीयवासीमाथि हमला गरेपछि भएको झडपमा फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट, बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी घाइते भएका छन्।

वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलस्थित मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयका घरमा ढुङ्गा, इँटा प्रहार गरेपछि त्यही विषयमा झडप भएको स्थानीयवासीको दावी छ ।

मस्जिदमा बाहिरका ‘जमाती’ ल्याएर राखिएको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको त्यहाँका स्थानीयवासीमाथि हमला गरेको वडा अध्यक्ष रवि गुप्ताले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएको आरोपमा स्थानीय नसुरलाह मियाँसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले घटनाको बिषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइन् । घटनापछि सामाजिक सद्भाव नै विथोलिने हो कि भन्ने चिन्ता बढेको वडा अध्यक्ष गुप्ताले बताएका छन् ।

तीन जना मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएलगत्तै मस्जिद र मदरसा अनुगमनका लागि अनुरोध गर्दा प्रशासनले वेवास्ता गर्दा शनिबारको घटना भएको उनको आरोप छ ।

के हो विवादको जड ?

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सामुहिक रुपमा भेला हुन प्रतिबन्ध लगाउँदा लगाउँदै पनि मौजेटोलको मस्जिदमा सामुहिक नमाज पढ्ने क्रम रोकिएको थिएन ।

सरकारले लकडाउन गर्दा पनि प्रतिबन्धलाई उल्लंघन गर्दै सामुहिक नमाज पढ्न बाहिरका मानिस समेत भेला भएपछि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित थिए ।

अर्कातर्फ नमाज पढ्न हिन्दू समुदायका व्यक्तिले प्रहरीप्रशासनलाई सुराकी गरेर अवरोध खडा गरेको भन्दै मुसलमान समुदायका व्यक्तिहरु पनि रिसाएका थिए ।

दुई साताअघि पनि सामुहिक नमाज पढ्न खोज्नेलाई  बहुअर्वाभाट्टाको प्रहरी टोलीले सामुहिक भीडभाड नगर्न चेतावनी दिदै मस्जिद नै खाली गराएको थियो । तर पनि नमाज पढ्न भेला हुने क्रम नरोकिएपछि शनिबार स्थानीयले प्रहरीलाई जानकारी दिएलगत्तै स्थानीयमाथि नै हमला भएको थियो ।

मौजेटोल मस्जिद आसपास करिब २ सय मुस्लिम समुदायको घर छ। त्यहाँ ५० घर मात्र हिन्दू परिवार छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ०४ बजे

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत