गरिबलाई वितरण गर्न लागिएको राहात लुटेर भागेका ५ जना पक्राउ | Khabarhub Khabarhub

गरिबलाई वितरण गर्न लागिएको राहात लुटेर भागेका ५ जना पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने व्यक्तिका परिवारलाई दिन खोजिएको राहात लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् ।

पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमा वितरण गर्न खोजिएको राहात लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमै घर भएका ५५ वर्षीय दर्शन रायभर, ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय श्याम कुमार शर्मा, २२ वर्षीय चन्द्रकिशोर साह र १८ वर्षीय सम्सुल हवारी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार दिउँसो स्थानीय तहको समन्वयमा राहात वितरण गर्न खोज्दा उनीहरुले राहात वितरण गर्न आएको टोलीमाथि आक्रमण गरेका थिए ।

राहात वितरण गर्न आएको टोलीमाथि ढुंगामुडा गरेपछि उनीहरुले वितरण गर्न ल्याएको राहात लुटेर लगेका थिए ।

इलाका प्रहरी कार्यालय सुगौली र एकाटागाँबाट खटिएको टोलीले उनीहरुलाई शनिबार नै पक्राउ गरेको थियो । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ३० बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको