गरिबलाई वितरण गर्न लागिएको राहात लुटेर भागेका ५ जना पक्राउ « Khabarhub

गरिबलाई वितरण गर्न लागिएको राहात लुटेर भागेका ५ जना पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने व्यक्तिका परिवारलाई दिन खोजिएको राहात लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् ।

पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमा वितरण गर्न खोजिएको राहात लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमै घर भएका ५५ वर्षीय दर्शन रायभर, ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय श्याम कुमार शर्मा, २२ वर्षीय चन्द्रकिशोर साह र १८ वर्षीय सम्सुल हवारी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार दिउँसो स्थानीय तहको समन्वयमा राहात वितरण गर्न खोज्दा उनीहरुले राहात वितरण गर्न आएको टोलीमाथि आक्रमण गरेका थिए ।

राहात वितरण गर्न आएको टोलीमाथि ढुंगामुडा गरेपछि उनीहरुले वितरण गर्न ल्याएको राहात लुटेर लगेका थिए ।

इलाका प्रहरी कार्यालय सुगौली र एकाटागाँबाट खटिएको टोलीले उनीहरुलाई शनिबार नै पक्राउ गरेको थियो । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ३० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक