मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना « Khabarhub

मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । मह जोडीलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रको खम्बाका रुपमा पनि लिइन्छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण सबै कलाकार घरमै बसिरहेका छन् । मदनकृष्ण श्रेष्ठ पनि परिवारका साथ घरमै आराम गरिरहेका छन् ।

हास्यअभिनेता श्रेष्ठलाई सेलिब्रेटी तथा प्रशंसकले भने सामाजिक सञ्जालमार्फत जन्मदिन शुभकामना दिएका छन् । मह जोडीका हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् ।

‘मदन दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना,’ हरिवंश आचार्यले फेसबूकमार्फत जन्मदिनको शुभकामना दिँदै एउटै माला लगाएको तस्वीर शेयर गरेका छन् ।

यस्तै सीताराम कट्टेलले हास्य जगतका सम्राट भन्दै मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘हास्य जगतका सम्राट आदरणीय मदन दाइलाई जन्मदिनको अनगिन्ती शुभकामना ।’ यस्तै कुमार कट्टेलले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

निर्देशक प्रदीप भट्टराईले जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

‘आदरणीय मदनकृष्ण श्रेष्ठ दाइलाई सुखद जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ गायक रामकृष्ण ढकालले जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मकथा ६ वर्ष लगाएर लेखेका थिए । उनको आत्मकथा ‘महको म’ लोकप्रिय छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित मदनकृष्ण श्रेष्ठ पछिल्लो समय अभिनयमा खासै सक्रिय छैनन् । उनले नेवारी गीतमा पनि स्वर दिएका छन् । मदनकृष्ण श्रेष्ठ पेन्टिङमा पनि उत्तिकै रुचि राख्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : २३ बजे

गर्मी बढेपछि राजविराज र कञ्चनरूपका विद्यालय पाँच दिन बन्द

राजविराज – सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित

नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न नेमकिपाको माग

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद

रारामा म्याराथन प्रतियोगिता हुने

मुगु – मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स

करिनाको बाथरुममा सलमानको पोस्टर !

मुम्बई – अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब