६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली « Khabarhub

६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली आइबार स्वदेश फर्किन पाएका छन् ।

घरमा आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसेका वासुदेव भट्टले ६ दिन पछि स्वदेशको भूमि टेक्न पाएका हुन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित उनको घर भएका उनलाई घर पठाउनु अगाडि उनको जिल्ला अस्पतालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमार्फत कोरोना भाइरसको परीक्षण गरिने छ ।

आरडीटी परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतले लकडाउनको आदेश जारी गरेपछि भट्टसहित सयौंको संख्यामा स्वदेश फर्किन आएका नेपालीहरु महाकाली पारी भारतीय भूमिमा रोकिएका थिए ।

सीमापारी भारतीय भूमिमै अलपत्र परेको अवस्थामा घरमा भट्टकी आमाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ०४ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको