‘संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्नुहोस’ « Khabarhub

‘संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्नुहोस’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ को रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको आज २७औँ दिनसम्म आमनागरिकले गरेको धैर्यताप्रति हार्दिक सम्मान व्यक्त गरे ।

मुख्यमन्त्री राईले आज एक सन्देश जारी गर्दै प्रदेश नं १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट कोरोना भाइरसको जाँच भइरहेको जानकारी दिँदै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा परीक्षण गर्ने क्रममा ११ भारतीय र दुई नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखापरेको सन्देशमा उल्लेख गरेका छन् ।

सङ्क्रमितलाई प्रदेश सरकारले उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको र चाँडै निको भएर घर फर्कने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरेका छन् । अहिले सरकारले ‘कन्ट्याक ट्रेसिङ’ गरिरहेकाले हिजो मात्र प्रदेशबाट ६९ जनाको स्वाब सङ्कलन गरिसकेको जानकारी सन्देशमार्फत दिँदै मुख्यमन्त्री राईले सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना सङ्कलन गरिएको बताए ।

आमनागरिक त्रसित नहुन मेरो हार्दिक अपिल गर्दै मुख्यमन्त्री राईले कोरोनाबाट बच्न र बचाउन थप सजगता र सावधानी अपाउनुपर्ने सन्देश दिएका छन् । उनले आफू, आफ्नो परिवार, समुदायमा सहयोग पु¥याउन आग्रह गर्दै धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १२ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई