‘संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्नुहोस’ « Khabarhub

‘संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्नुहोस’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ को रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको आज २७औँ दिनसम्म आमनागरिकले गरेको धैर्यताप्रति हार्दिक सम्मान व्यक्त गरे ।

मुख्यमन्त्री राईले आज एक सन्देश जारी गर्दै प्रदेश नं १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट कोरोना भाइरसको जाँच भइरहेको जानकारी दिँदै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा परीक्षण गर्ने क्रममा ११ भारतीय र दुई नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखापरेको सन्देशमा उल्लेख गरेका छन् ।

सङ्क्रमितलाई प्रदेश सरकारले उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको र चाँडै निको भएर घर फर्कने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरेका छन् । अहिले सरकारले ‘कन्ट्याक ट्रेसिङ’ गरिरहेकाले हिजो मात्र प्रदेशबाट ६९ जनाको स्वाब सङ्कलन गरिसकेको जानकारी सन्देशमार्फत दिँदै मुख्यमन्त्री राईले सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना सङ्कलन गरिएको बताए ।

आमनागरिक त्रसित नहुन मेरो हार्दिक अपिल गर्दै मुख्यमन्त्री राईले कोरोनाबाट बच्न र बचाउन थप सजगता र सावधानी अपाउनुपर्ने सन्देश दिएका छन् । उनले आफू, आफ्नो परिवार, समुदायमा सहयोग पु¥याउन आग्रह गर्दै धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : १२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट