कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार ७५८ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२० जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ३४५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२४ जनाको मृत्यु भएको छ भने २४ हजार १९० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११८ जनाको मृत्यु भएको छ भने १५ हजार ६९१ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २५ जनाको मृत्यु भएको छ भने ५ हजार ३७९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३३ हजार ९६९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार १८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ५५ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र