प्रिमियर लिग फुटबल : सामाजिक दूरी कायम राखी क्लबहरु प्रशिक्षणमा « Khabarhub

प्रिमियर लिग फुटबल : सामाजिक दूरी कायम राखी क्लबहरु प्रशिक्षणमा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण रोकिएको प्रिमियर लिग पुनः सुचारु गर्ने तयारी थालिएको छ ।

इंग्लिस प्रिमियर लिग क्लबले मंगलबारबाट सानो समूह बनाएर प्रशिक्षण थाल्ने भएका छन् । सोमबार बसेको प्रिमियर लिग क्लबको बैठकले सानो समूहमा अभ्यास गर्न अनुमति दिने भएको हो ।

प्रिमियर लिगका २० वटै क्लबले अभ्यासको प्रस्तावमा समर्थन गरेका थिए । तर अभ्यासका क्रममा खेलाडीहरूले सामाजिक दूरीको नियम भने पालना गर्नुपर्नेछ । क्लबका खेलाडी, प्रशिक्षक र स्वास्थ्यकर्मीको रायका आधारमा निर्णय लिइएको प्रिमियर लिगले जनाएको छ ।

‘सबै खेलाडी अभ्यासमा सहभागी हुन पाउँछन् तर त्यसका लागि सरकारले बनाएको स्वास्थ्य तथा सामाजिक दूरीको निर्देशिका भने गम्भीर रूपमा पालना गर्नुपर्नेछ,’ प्रिमियर लिगले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै खेलाडी, प्रशिक्षक र मैदानका कर्मचारीको स्वास्थ्य पहिलो प्राथमिकता हो । त्यसैले स्वस्थ वातावरणमा बसेर अभ्यास गर्नुपर्नेछ । अहिले सुरुआती चरणमा सानो समूह बनाएर अभ्यास गर्नुपर्नेछ । अर्काे चरण के कस्तो हुनेबारे आगामी दिनमा निर्णय लिइनेछ ।’

त्यसका लागि खेलाडीहरूले घरबाटै मैदानमा अभ्यास पोसाक र आफ्नै गाडीमा जानुपर्नेछ । प्रिमियर लिगका २० मध्ये १४ क्लबको सहमतिपछि मात्र स्वास्थ्य र अभ्याससम्बन्धी निर्देशिका पारित हुने बताइएकोमा सबै क्लबले समर्थन गरेका हुन् ।

कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

गत शनिबारबाट जर्मनीमा बुन्डेसलिगा सुचारु भइसकेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ०५ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर