मुलुक असहज अवस्थामा छ, सबै एक जुट बनौँ : प्रधानमन्त्री ओली « Khabarhub

मुलुक असहज अवस्थामा छ, सबै एक जुट बनौँ : प्रधानमन्त्री ओली


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा दुःख व्यक्त गरे ।

‘कोही पनि नेपालमा कोरोनाको कारण वा कोरोना संक्रमित भएको अवस्थामा मृत्यु नहोस् भन्ने हाम्रो प्रयास असफल भएको छ,’ उनले भने, ‘२ जनाको निधन भएको छ, यद्यपि कोरोना भन्दा अरु कारणले निधन भएको पनि हुन सक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्डले कोरोना संक्रमण देखिए त्यसैबाट मृत्यु भएको मान्नुपर्ने ठानिएकाले पनि २ जनाको मृत्यु भइसकेको छ, मृतकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको अहिलेसम्मको संख्या ४०३ हुन सक्ने जानकारी आएको बताए । यद्यपि आधिकारिक तथ्यांक ३७७ रहेको उनले बताए ।

कोभिड नाइन्टिन सुरु हुँदा विश्व समानाका लागि तयार नभएको स्मरण गराउँदै उनले नेपालले भने तयारी पर्याप्त गरिरहेको संकेत गर्न खोजेका छन् ।

‘नेपालमा २३ जनवरीमा विद्यार्थीमा देखिएको थियो, अहिलेसम्म ३७७ कन्फर्म देखिएको छ यो संख्या अझै बढ्न सक्दैन भन्ने सकिन्न । यसको स्रोत नै बाहिरबाट आउने भएकाले त्यसलाई रोक्न जरुरी छ,’ उनले भने ।

तर जनप्रतिनिधी लगायतका विभिन्न कारणले मानिसहरूको आवागमन रोक्न नसकिएको बताए ।

यद्यपि नियन्त्रणका लागि सबै एकजुट हुन जरूरी रहेको उनले बताए । हाल ५७ हजार ९०४ क्वारेन्टाइनको संख्या उपलब्ध रहेको तर  ३० हजार संख्या मध्य खालको र २३ हजार क्वारेन्टानन उपयुक्त खालको रहेको बताउदै उनले ३ हजार ३०७ जना राख्न सक्ने गरीको आइसोलेसन तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ३० बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री