मुलुक असहज अवस्थामा छ, सबै एक जुट बनौँ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

मुलुक असहज अवस्थामा छ, सबै एक जुट बनौँ : प्रधानमन्त्री ओली


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा दुःख व्यक्त गरे ।

‘कोही पनि नेपालमा कोरोनाको कारण वा कोरोना संक्रमित भएको अवस्थामा मृत्यु नहोस् भन्ने हाम्रो प्रयास असफल भएको छ,’ उनले भने, ‘२ जनाको निधन भएको छ, यद्यपि कोरोना भन्दा अरु कारणले निधन भएको पनि हुन सक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्डले कोरोना संक्रमण देखिए त्यसैबाट मृत्यु भएको मान्नुपर्ने ठानिएकाले पनि २ जनाको मृत्यु भइसकेको छ, मृतकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको अहिलेसम्मको संख्या ४०३ हुन सक्ने जानकारी आएको बताए । यद्यपि आधिकारिक तथ्यांक ३७७ रहेको उनले बताए ।

कोभिड नाइन्टिन सुरु हुँदा विश्व समानाका लागि तयार नभएको स्मरण गराउँदै उनले नेपालले भने तयारी पर्याप्त गरिरहेको संकेत गर्न खोजेका छन् ।

‘नेपालमा २३ जनवरीमा विद्यार्थीमा देखिएको थियो, अहिलेसम्म ३७७ कन्फर्म देखिएको छ यो संख्या अझै बढ्न सक्दैन भन्ने सकिन्न । यसको स्रोत नै बाहिरबाट आउने भएकाले त्यसलाई रोक्न जरुरी छ,’ उनले भने ।

तर जनप्रतिनिधी लगायतका विभिन्न कारणले मानिसहरूको आवागमन रोक्न नसकिएको बताए ।

यद्यपि नियन्त्रणका लागि सबै एकजुट हुन जरूरी रहेको उनले बताए । हाल ५७ हजार ९०४ क्वारेन्टाइनको संख्या उपलब्ध रहेको तर  ३० हजार संख्या मध्य खालको र २३ हजार क्वारेन्टानन उपयुक्त खालको रहेको बताउदै उनले ३ हजार ३०७ जना राख्न सक्ने गरीको आइसोलेसन तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ३० बजे

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद