विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको ३० दिने चेतावनी « Khabarhub

विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको ३० दिने चेतावनी


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई एउटा पत्र लेख्दै कोभिड-१९ सँग सम्बन्धित विवादलाई लिएर उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका छन्।

उक्त पत्रमा सो निकायले तीस दिनभित्र उल्लेख्य सुधारहरू गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनिएको छ।

ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्र आफ्नो ट्वीटमा सार्वजनिक गरेका हुन्।

पत्रमा ट्रम्पले सङ्गठनले पर्याप्त कार्य नगरेकोमा आलोचना गर्दै भनिएको छ : ‘वुहानमा गत वर्षको अन्त्यतिर भाइरस फैलिएको विश्वसनीय विवरणलाई यसले पटकपटक बेवास्ता गर्‍यो।’

उनले सङ्गठनले पटकपटक चीनको प्रशंसा गरेको भन्दै यसको लागि अबको बाटो चीनबाट स्वतन्त्र भएको देखाउनु भनेका छन्।

उनले सङ्गठनले ठूलो र ठोस प्रगति देखाउन नसके अमेरिकी सहयोग नदिने अस्थाथी निर्णयलाई स्थायी बनाउने र आफ्नो देशको सदस्यताबारे पुनर्विचार गर्ने बताएका छन्।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन चीनको कठपुतली भएको आरोप लगाएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको निर्णायक निकाय वर्ल्ड हेल्थ असेम्ब्लीको दुईदिने बैठक सुरु भएपछि ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।राष्ट्रपति ट्रम्पले गत महिना नै विश्व स्वास्थ सङ्गठनलाई दिँदै आएको पैसा रोक्का गर्ने घोषणा गरेका थिए।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई धेरै पैसा दिने सबैभन्दा ठूला देशहरूमध्येमा पर्दछ। गत आर्थिक वर्षमा अमेरिकाको आर्थिक योगदान सो सङ्ठनले प्राप्त गर्ने रकमको १५५ भन्दा केही कम थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : ४२ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६