आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित | Khabarhub Khabarhub

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेको हो ।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि आज बहुमतले पारित भएको छ ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो।

नीति तथा कार्यक्रम प्रतिनिधि सभामा ४ गते ३९ र ५ गते ६७ गरी जम्मा १०६ जना सांसदले छलफलमा भाग लिएका थिए।

सांसदले उठाएका प्रश्नमाथि प्रधानमन्त्री ओलीले आज जवाफ दिएपछि पारित गरिएको हो।

नीति तथा कार्यक्रम पारित हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएका सवालको जवाफ दिएका थिए ।

प्रतिनिधिभसभाको अर्काे बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ३ : १६ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल