बिहारमा ट्रक दुर्घटना हुँदा ९ को मृत्यु | Khabarhub Khabarhub

बिहारमा ट्रक दुर्घटना हुँदा ९ को मृत्यु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहार- भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने लकडाउनले अलपत्र परेर घर फर्किरहेका मजदूर थिए ।

दुर्घटनाबारेमा जानकारी दिँदै स्थानीय प्रहरीले भन्यो, ‘यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठोक्किँदा ट्रक पल्टियो । यो दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ को अम्भो चोक नजिक भएको हो ।’

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, ‘यी मजदुरहरु ६ दिनअघि कोलकता शहरबाट केही साइकलमा आफ्नो यात्रा सुरु गरेका थिए र बीच बाटोबाट यिनीहरु ट्रकमा आएका थिए ।’

प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारको कटिहार जिल्ला गइरहेको ट्रकका ड्राइभर र सहयोगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतकको साथमा रहेको कागजातका आधारमा उनीहरु चम्पारण जिल्लाका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ४ : ०६ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको