कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढी संक्रमित


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ ।

३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ ।

२२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : २० बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच