चितवन मेडिकल कलेजद्वारा आइसोलेसनका लागि १० थान बेड प्रदान | Khabarhub Khabarhub

चितवन मेडिकल कलेजद्वारा आइसोलेसनका लागि १० थान बेड प्रदान


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान बेड उपलब्ध गराएको छ ।

कलेजले सात लाखमा खरिद गरेर ती बेड नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका बेड आइसोलेसनमा राखिएको छ । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिए ।

हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन् । क्वारेन्टाइनमा २५६ जना छन् । सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो ।

आइसोलेसन बन्नुअघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो । ढकालले अब दुई बेडको भेन्टिलेटरसहित सघन उपचार कक्ष पनि माडीमा नै स्थापना गरिने बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ०९ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र