अष्ट्रेलियामा सरकारी क्षेत्रलाई निशाना बनाइ साइबर हमला « Khabarhub

अष्ट्रेलियामा सरकारी क्षेत्रलाई निशाना बनाइ साइबर हमला


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई समेत निशाना बनाइ साइबर हमला भएको छ ।

बीबीसीले जनाएअनुसार यो हमला कुनै संगठित गिरोह वा कुनै देशको हात रहेको अनुमान गरिएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको निजी र सार्वजनिक क्षेत्रका संस्थाहरुलाई लक्षित गरी जटिल खालको साइबर आक्रमण भएको बताएका छन ।

प्रधानमन्त्री मरिसनले भने, ‘निजी तथा सार्वजनिक संस्थाहरुमा गरिएको यो हमला निकै जटिल खालको छ । हामी यसप्रति सतर्क भएका छौं ।’

उनका अनुसार यो नयाँ खाले जोखिम नभएपनि जटिल खालको छ । उनले साइबर हमलाबाट प्रभावित सबै संस्थाहरुलाई उचित कदम उठाउनका लागि आग्रह गरेका छन । उनका अनुसार अहिलेसम्म भएको अनुशन्धानबाट कुनै डाटा चोरी भएको खुलेको छैन ।

यो साइबर हमलाको अनुशन्धानमा अष्ट्रेलियाका सुरक्षा एजेन्सीहरु सहयोगी र साझेदार संस्थाहरुसंग मिलेर काम गरिरहेको छ । प्रधानमन्त्री मोरिसनले भने, ‘मैले ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसंग गएराती नै यसबारेमा छलफल गरें ।

यस बारेमा आवश्यक सबैसंग निरन्तर सम्पर्कमा छु ।’ उनका अनुसार यो हमला कसले गर्यो भन्ने बारे केही भन्न सकिने अवस्था छैन ।

स्रोत- बीबीसी

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ४६ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई