कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल « Khabarhub

कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्धको लडाईँमा ऐक्यवद्धता र आपसी सहयोग बढाउने विषयमा बेल्ट एण्ड रोड इनिसियटिभ को अप्रेशन मुलुका विदेशमन्त्रीहरुबीच बिहीबार छलफल भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका तर्फबाट सो उच्चस्तरीय छलफलमा भाग लिएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यो उच्च स्तरीय भिडियो कन्फ्रेन्सको समन्वय चीनले गरेको थियो। चीनका विदेशमन्त्री वांग यीले सहभागीता जनाएका थिए।

छलफलमा बीआरआईमा आवद्ध विभिन्न २६ मुलुकका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रमुख, यूएनडीपीका प्रशासक पनि सहभागी थिए। छलफलमा कोभिड १९ विरुद्धको लडाईमा बीआरआईमा आवद्ध मुलुकहरु एकजुट भएर लाग्नुपर्ने विषयमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बीआरआई आवद्ध राष्ट्रहरुबीच स्वास्थ्य सामग्री सप्लाई गर्ने, सहयोग आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : १४ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५