गलवान भिडन्तमा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो « Khabarhub

गलवान भिडन्तमा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीन सीमा क्षेत्र गलवान उपत्यकामा भएको भिडन्तका क्रममा चीनको कब्जामा रहेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ ।

सीमा क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । नियन्त्रणमा रहेका १० जनालाई चीनले रिहा गरेको छ । भिडन्तको ३ दिनपछि चीनले रिहा गरेको हो ।

चीनले बिहीबार बेलुका १० भारतीय सैनिकलाई रिहा गरेको खबर द हिन्दूमा प्रकाशित छ।

सुहासिनी हैदर र दिनकर पेरीले हिन्दूमा लेखेको समाचार अनुसार भारत र चीनको आर्मीका मेजर जनरल तहमा भएको वार्तापछि बन्धक रहेका भारतीय सैनिक स्वतन्त्र भएका हुन् ।

पूर्व लद्दाखसँगैको गलवान उपत्यकाको वास्तविक नियन्त्रण रेखा (एएलसी) मा गएको सोमबार राति भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च सैनिक कमाण्डरसहित २० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १२ : ४८ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास