करुण फाउन्डेसनलाई सानिमा बैंकको १० लाख सहयोग « Khabarhub

करुण फाउन्डेसनलाई सानिमा बैंकको १० लाख सहयोग


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग रकम उपलब्ध गराएको छ ।

जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्ति लक्षित “अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपांगता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : २७ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५