गुल्मीमा होम क्वारेन्टिनमा रहेका ६९ वर्षका पुरुषको मृत्यु « Khabarhub

गुल्मीमा होम क्वारेन्टिनमा रहेका ६९ वर्षका पुरुषको मृत्यु


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा होम क्वारेन्टिनमा बसेका ६९ वर्षीय एक पुरूषको मृत्यु भएको छ।

१३ दिन पहिले मुम्बईबाट आएका उनको बिहीबार राति मृत्यु भएको हो । उनलाई प्यारालाइसिसको समस्या रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।

भारतबाट आएको भए पनि प्यारालाइसिसको बिरामी भएकोले उनलाई घरपरिवारले रेखदेख गर्ने गरी गाउँपालिका वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै सुरक्षित रूपमा राखिएको पन्थले जानकारी दिए।

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पीसीआर परीक्षण गर्न शुक्रबार बिहानमात्र उनको स्वाब संकलन गरिएको छ।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको पन्थले जानकारी दिए।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ५० बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास