गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्याबारे आफ्नो फेसबुक पेज मार्फत अपडेट गराउँदै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना छन् ।

नायँ थपिएका संक्रमितमध्ये पर्वतका ५ जना पर्वत अस्पतालमा कार्यरत ३ जना महिला र २ जना पुरुडष स्वास्थ्यकर्मी हुन् । यस्तै अन्य संक्रमितहरु २४ देखि ६० वर्ष सम्मका ४ जना महिला र अन्य ११ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा २४ जना नयाँ संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली