निर्देशिका विपरीत पीसीआर परीक्षण नगर्न आग्रह « Khabarhub

निर्देशिका विपरीत पीसीआर परीक्षण नगर्न आग्रह


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीत आएका नमूनाहरूको पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ।

कोभिड-१९ को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशिका विपरीत नमूना संकलन गरेर पीसीआर परीक्षणका लागि दबाब दिने गरिएकोप्रति मन्त्रालयको धानाकर्षण भएको जानकारी दिए ।

यसरी नमूना संकलन गरिँदा स्रोतसाधनको दुरुपयोग हुने, परीक्षणको लागि आवश्यक व्यक्तिहरूको समयमै परीक्षण हुन नपाउने समस्या देखिएको उनले बताए ।

निर्देशिकामा तोकिएबमोजिमका व्यक्तिहरूको नमूना मात्र संकलन गरी परीक्षण गर्न गराउन सम्बन्धित निकायलाई उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा