जनप्रतिनिधिले खादा र मिठाई बाँडेर बिदाई गरेका ७ जनाको रिपोर्ट पोजेटिभ « Khabarhub

जनप्रतिनिधिले खादा र मिठाई बाँडेर बिदाई गरेका ७ जनाको रिपोर्ट पोजेटिभ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा कोरोनो पोजेटिभ देखिएको छ । बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए ।

समाचार संकलनका लागि दुई पत्रकार पनि पुगेका थिए । पत्रकारहरुले टाढैबाट फोटो खिचे पनि जनप्रतिनिधिहरुले भने उनीहरुलाई खादा ओढाउँदै मिठाई हात हातमा बाँडेका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।

आइसोलेनमा बसेका उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।

शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

“आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश छ । तै पनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुन पोजेटिभ देखियो, ” ढकालले भने ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ्ग गरिएको थियो । १५ दिनसम्म घर बसेका उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ । संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।

सरकारको निर्देशनअनुसार संक्रमित देखिएका सबैलाई होम आइसोलेसनमा बस्ने गरी कागज बनाएर घर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले जानकारी दिए । पाल्हीनन्दनमा मात्र संक्रमितको संख्या १२ पुगेको छ । जिल्लाभर ५० जना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : १९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको