मुलुकका अधिकांश स्थानमा वर्षा,  ७ नदीका तटीय क्षेत्रमा उच्च जोखिम « Khabarhub

मुलुकका अधिकांश स्थानमा वर्षा,  ७ नदीका तटीय क्षेत्रमा उच्च जोखिम


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

विज्ञानले आइतबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबारसम्म देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी मंगलबारसम्म कायम रहने विभागले जनाएको छ ।

ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा

मुलुकभर भारी वर्षासँगै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले त्यस क्षेत्र तथा आसपास बस्नेतहरूलाई सतर्क रहन सरकारले अपिल गरेको छ ।

बिहीबारसम्म मनसुनमा बदली भई भारी वर्षा हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान गरिएकाले सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले सुरक्षा निकायसहित स्वयंसेवक, स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि तयारी हालतमा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई स्वयं सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५८ बजे

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको