विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८१९ पुगेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार २३६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जनाको मृत्यु भएको छ । ३२ लाख २० हजार १६० जना संक्रमित भएकोमा २१ लाख ३ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जनाको ज्यान गएको छ भने ७ लाख ६ हजार ६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ७० हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ । १३ हजार १२० जना संक्रमित भएकोमा ९ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर