छाङ्गरूमा झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै « Khabarhub

छाङ्गरूमा झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरू गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरू गरिएको छ ।

छाङ्गरू र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरू गरिएको हो ।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गर्न लागिएको हो । झोलुङगे पुल निर्माण शुरू गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरू गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिए ।

सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो ।

स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ रूपैयाँ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कुल ७९ लाख ९३ हजार ९९६ रूपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो ।

‘सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ’, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भने, ‘तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।’ पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो  २०० रूपैयाँका दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी शुरू गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताए ।

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो । भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यो पटक बन्दाबन्दीले सम्भव हुन सकेन ।

आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्ना बताउँछन् ।

विगतमा यो क्षेत्रमा काठे पुलमार्फत आवतजावत हुँदै आएको छ । काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ०७ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले