लगातार ९ बर्षदेखि कसले पठाउँदैछ पिज्जा ? « Khabarhub

लगातार ९ बर्षदेखि कसले पठाउँदैछ पिज्जा ?


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, मानिसको जीवन संर्घष र समस्याले भरिएको हुन्छ । मानिसले केहि न केहि समस्या भोगी रहेको हुन्छ । तर कतिपय मानिसको जीवनमा आउने समस्या भने निकै रोचक मात्र होइन, आश्चर्यजनक पनि हुन्छ । यस्तै एक समस्या भोगिरहेका छन्, बेल्जियमका एक ६५ वर्षीय वृद्धले ।

बेल्जियमको एन्टवर्पका निवासी जीन वेन ९ वर्षयता लगातार एक समस्या भोगिरहेका छन् । उनको घरमा ९ वर्षदेखि बिना अर्डर पिज्जाको डेलिवरी हुदै आएको छ । उनी यस समस्याबाट यति आजित बने कि उनले कैयौं पटक यसबारे प्रहरीमा उजुरी समेत गरे । तर उनको समस्याको भने समाधान भएन ।

जीनका अनुसार बिना कुनै अर्डर उनको घरमा पिज्जा आउने गर्दछ । उनको घरमा हरेक दिन जसो डेलिवरी ब्वाईले पिज्जा ल्याउने गरेका छन् । यसमा सबैभन्दा रोचक कुरा त के छ भने पिज्जा डेलिवर ब्वाईको आउने कुनै निश्चित समय छैन । कहिलेकाहिं आधा रातमा त कहिले एकै दिनमा १४ वटासम्म पिज्जा सम्म उनको घरमा आइपुग्छ ।

जीन वेनका अनुसार बिना अर्डर आएका पिज्जाका कारण उनी तनावमा छन् भने यसले उनको जीवनको ठुलो खुसी खोसेको छ । जीन मात्र होइन उनको एक साथी पनि बिना अर्डरको पिज्जा डेलिवर भएका कारण तनावमा छन् । उनीहरुको अनुमान अनुसार यी दुबैका कोहि साथीले उनीहरुलाई पिज्जा पठाउदै आएका छन् । तर यसबारे अझैसम्म उनीहरुले पत्तो पाएका छैनन् ।

जीनका अनुसार उनले कहिल्यै पनि बिना अर्डर आएका पिज्जाको रकम दिएका छैनन् । तर पनि हरेक दिन उनकोमा पिज्जा पुर्याइदै आएको छ । अब यो पिज्जा कसले पठाएको हो, त्यसबारे प्रहरीले समेत पत्तो पाउन सकेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : १७ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ