दिलीप कुमारले जब आफ्नै प्रेमिकाविरुद्ध बयान दिए « Khabarhub

दिलीप कुमारले जब आफ्नै प्रेमिकाविरुद्ध बयान दिए


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका ट्रयाजिडि किंग अर्थात दिलीप कुमारको जीन्दगी कुनै फिल्मको कथा भन्दा कम छैन । फिल्मी पर्दामा होस् चाहे असली जीन्दगीमा उनले सँधै विछोडका अनुभवहरु भोगे ।

दिलीपको निजी जीन्दगीको कुरा गर्दा बलिउडकी चर्चित अभिनेत्री मधुवालासंगको सम्बन्ध चर्चामा रहन्छ ।

सन् १९५१ रिलिज भएको हिन्दी फिल्म तरानाबाट दिलिप र मुधवालाले एकसाथ काम गरे ।

यहिबाट उनीहरुको मित्रता शुरु भयो । जो बिस्तारै प्रेममा बदलियो । मधुवाला दिलिपसंग विवाह गर्न चाहान्थिन् । तर भनिन्छ नि प्रेमको बाटो सहज हुदैन । सायद त्यसैले होला दिलीप र मधुवालाले प्रेममा निकै हण्डर भोगे ।

मधुवालाका परिवार यस सम्बन्धका लागी तयार थिएनन् । मधुवालाका पिता अताउल्लाह खान यस सम्बन्धको विरोधमा थिए । उनको विरोधका वाबजुद यि दुबैले बी.आर. चोपडाको फिल्म नयाँ दौरको सुटिङ थाले । यस फिल्ममा दिलीप र मधुवाला लीड रोलमा थिए ।

फिल्मको एक सुटिङका लागी दुबैले भारतको मध्य प्रदेश जानु पर्ने भयो । जसका लागी मधुवालाका पिता राजी थिएनन् । उनी दिलीपसंग जादाँ सम्बन्ध बढ्ने भन्दै यसको विरोधमा उत्रिए ।

सम्झौता पत्रका आधारमा बी.आर. चोपडाले सुटिङ स्पोट जान नचाहेकी मधुवालाका विरुद्धमा अदालतमा उजुरी दिए । अदालतमा पेशीका क्रममा दिलीपले बि.आर. चोपडाको पक्ष बयान दिए । अन्ततः मधुवालाले केश हार्ने भइन् ।

मधुवालाको पक्ष कमजोर भएका कारणले उनी जेल जाने सम्भावना समेत बनेको थियो । तर त्यसो हुन पाएन । मन ठुलो देखाउदै बि.आर. चोपडाले उजुरी फिर्ता लिए ।

तर यहि घटनाले दिलीप र मधुवालाको सम्बन्धलाई नराम्रो प्रभाव पार्यो । यी दुबैको सम्बन्ध बिग्रियो । मधुवाला चाहान्थिन् दिलीपले अदालतमा आफ्नो पक्ष लिउन् तर उनले बि.आर. चोपडाको पक्ष लिए । यता दिलिपका फ्यान उनको यहि कदमलाई सत्य मान्दै उनको प्रसंशक रहे ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४६ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक