मेलम्चीको गेट भत्किएपछि सुरुङ परीक्षण रोकियो « Khabarhub

मेलम्चीको गेट भत्किएपछि सुरुङ परीक्षण रोकियो


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको १७ नं. गेट भत्किएपछि सुरुङ परीक्षण रोकिएको छ।

असार ३० गते मेलम्चीको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङको १७ नं. गेट भत्किएको थियो। गेट भत्किदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। दुर्घटनामा २७ वर्षीय इञ्जिनियर शतिश गोइत र ५६ वर्षका गाडी चालक राधाकृष्ण थापाको मृत्यु भएको थियो ।

त्यस्तै, इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ।

उनीहरु अनुगमनका लागि सुरुङभित्र पसेका थिए। सुरुङभित्र रहेकै वेला गेट भत्किएपछि गाडीसहित बगाएको थियो।

त्यसपछि आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने कार्य रोकेको जनाएको छ। तत्कालका लागि परीक्षण रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए। अहिले घटनाको छानबिन भइरहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ४९ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब