आफ्नो मृत्युको खबरले हैरान भए यी कलाकार, गरे यस्तो ट्वीट « Khabarhub

आफ्नो मृत्युको खबरले हैरान भए यी कलाकार, गरे यस्तो ट्वीट


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै नेटफिल्क्समा रिलिज भएको फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर फैलिएको छ ।

एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाशले यो खबर झुठो भएको प्रतिक्रिया दिएका छन् । अविनाशले यो हल्ला गैरजिम्मेवार भएको पनि बताएका छन् ।

भारतको एक मनोरञ्जन वेबसाइटमा अविनाशको निधन भएको खबर प्रकाशन भएको थियो । उक्त सामाचारको उनले खण्डन गरेका हुन् ।

अविनाशले ट्वीटरमा लेखे, ‘यति हतार छैन भाइ, को हुन् यिनीहरु, कहाँबाट आउँछन्, आफ्नो स्तर सुधार्नुस् कृपया ।’

सन् २०१७ मा रिलिज भएको फिल्म ‘तु है मेरा सन्डे’ बाट बलिउडमा कदम राखेका अविनाशले ‘लैला मजनू’ मा शीर्ष भूमिका निभाएका छन् । यो फिल्मबाट उनले तारिफ पनि पाएका थिए ।

नेटफिल्क्समा रिलिज भएको फिल्म ‘घोस्ट स्टोरिज’ मा पनि उनलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : १२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक