आफ्नो मृत्युको खबरले हैरान भए यी कलाकार, गरे यस्तो ट्वीट « Khabarhub

आफ्नो मृत्युको खबरले हैरान भए यी कलाकार, गरे यस्तो ट्वीट


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हालै नेटफिल्क्समा रिलिज भएको फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर फैलिएको छ ।

एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाशले यो खबर झुठो भएको प्रतिक्रिया दिएका छन् । अविनाशले यो हल्ला गैरजिम्मेवार भएको पनि बताएका छन् ।

भारतको एक मनोरञ्जन वेबसाइटमा अविनाशको निधन भएको खबर प्रकाशन भएको थियो । उक्त सामाचारको उनले खण्डन गरेका हुन् ।

अविनाशले ट्वीटरमा लेखे, ‘यति हतार छैन भाइ, को हुन् यिनीहरु, कहाँबाट आउँछन्, आफ्नो स्तर सुधार्नुस् कृपया ।’

सन् २०१७ मा रिलिज भएको फिल्म ‘तु है मेरा सन्डे’ बाट बलिउडमा कदम राखेका अविनाशले ‘लैला मजनू’ मा शीर्ष भूमिका निभाएका छन् । यो फिल्मबाट उनले तारिफ पनि पाएका थिए ।

नेटफिल्क्समा रिलिज भएको फिल्म ‘घोस्ट स्टोरिज’ मा पनि उनलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : १२ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस