शेयर बजारमा उछाल, ८४ अंकले बढ्यो, तेस्रो सर्किट लागेर बजार बन्द « Khabarhub

शेयर बजारमा उछाल, ८४ अंकले बढ्यो, तेस्रो सर्किट लागेर बजार बन्द


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ।

मौद्रिक नीति आएपछि उत्साहित शेयर बजारमा आइतवार कारोबार खुलेकै दिन उछाल आयो। आइतवार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ।

कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो।

दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको बजार एक मिनेटमा फेरि १ प्रतिशतले बढेपछि आजका लागि पूरै कारोबार बन्द भएको हो। आइतवार नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ।

आज एक सय ११ कम्पनीका एक लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आजको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ४७ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई