हामी कोरोनाको उच्च जोखिममै छौं- स्वास्थ्य मन्त्रालय « Khabarhub

हामी कोरोनाको उच्च जोखिममै छौं- स्वास्थ्य मन्त्रालय


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले  विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिए ।

नेपालमा कोरोनाको जोखिम रहेको भन्दै मन्त्रालयले विदेशबाट आउने सबैको परीक्षण गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हवाई मार्गमार्फत विमानस्थलबाट आउनेको हकमा ५ दिन होल्डिङ सेन्टरमा बसेपछि र भारतबाट आउनेको हकमा सम्बन्धित नाका तथा क्षेत्रमा रहेका क्वारेन्टाइनमा पीसीआर परीक्षण गर्ने निर्णय भएको हो।

‘विदेशबाट आउने सबैको परीक्षण गरेपछि मात्र स्थानिय तहमा पठाउने निर्णय भएको हो,’ स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा उनले भने।

उनले मन्त्रालयले परीक्षणको दायर विस्तार गरेको जानकारी दिए । परीक्षणका विषयमा भएका टिकाटिप्पणीप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

तथ्य र प्रमाणका आधारमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । जोखिम भएकाहरुको प्राथिमकताका आधारमा परीक्षण भइरहेको जानकारी दिए ।

छिमेकी देशमा संक्रमित बढिरहेको तथा विदेशबाट आउनेहरुहो संख्या जारी रहेकाले हामी उच्च जोखिममै रहेको उनले बताए । जोखिममा भएका सबैको पीसीआर परीक्षण गर्ने विषयमा मन्त्रालयले सुनिश्चितता गरेको समेत उनले बताए ।

 

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : ०३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र