काठमाडौं उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि « Khabarhub

काठमाडौं उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौँ उपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौँ र ललितपुरमा गरी ३ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ४७ र ललितपुरमा ७७ पुगेको छ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ५६  जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। देशभर संक्रमितको संख्या भने १७ हजार ६  सय ५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ४ : ४३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र